धनुषामा दिउँसै मनि ट्रान्सफर सञ्चालकको आठ लाख रुपैयाँ लुटियो

 कात्तिक २५, २०७५ आइतबार १७:४२:६ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

धनुषा – धनुषामा एक मनिट्रान्सफरका सञ्चालकसँग अज्ञात समूहले ८ लाख रुपैयाँ नगद लुटेका छन् ।

महोत्तरीको भंगहा नगरपालिकामा मनिट्रान्सफर सञ्चालन गर्दै आएका रामकुमार साहको साथबाट धनुषाको बटेश्वर गाउँपालिका ५ शान्तिपुरस्थित चौरमा आइतबार दिउँसो ३ बजे ८ लाख रुपैयाँ लुटिएको हो ।

धनुषाको क्षिरेश्वरनाथ नगरपालिका सखुवा महेन्द्रनगरस्थित राष्ट्रिय वाणिज्य बैंकबाट ८ लाख रुपैयाँ झिकेर भंगहातर्फ जाँदै गरेका साहसँग शान्तिपुर–चन्द्रपुर नजिक लुटपाट गरेर अज्ञात समूह फरार भएको र उनीहरुको खोजी कार्य जारी रहेको  इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक अरुण कुशवाहाले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया