राष्ट्रिय सभा चुनावमा सत्ता गठबन्धनका दलहरुबीचमै सिट बाँडफाँट हुने

 पुस २१, २०८० शनिबार १३:२०:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - राष्ट्रिय सभाको चुनावमा सत्ता गठबन्धनका दलहरुबीचमै सिट बाँडफाँट हुने भएको छ ।

शनिवार आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसँग सहमति नभएकाले सत्ता गठबन्धनबीचमै राष्ट्रिय सभाकाे चुनावकाे सिट बाँडफाँट गर्ने निर्णय गरेको हो ।

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सरकारमा सहभागी भएका चार दलका नेताहरुको बीचमा छलफल भएको र छलफलले गठबन्धनभित्रकै दलहरुबीचमा सिट बाँडफाँट गर्ने निर्णय गरेको बताउनु भयो।

लेखकले देशभरीको मतको स्थितिलाई मध्यनजर गरेर सत्ता गठबन्धनका दलहरुबीच सिट बाँडफाँट हुने बताउनु भयो ।  उहाँले राष्ट्रिय सभाको सदस्य चुनावकाे विषयलाई लिएर आज ४ बजे फेरि बैठक बस्ने र ५ बजे सत्ता गठबन्धनमा सहभागी सबै दलहरुको बैठक बस्ने जानकारी दिनुभयाे । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया