राष्ट्रियसभामा कांग्रेसलाई १० र माओवादीलाई ६ सिटको भागबण्डा, एकीकृत समाजवादी असन्तुुष्ट

 पुस २२, २०८० आइतबार ७:३४:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - राष्ट्रियसभामा रिक्त १९ सिटमध्ये कांग्रेसलाई १० र माओवादीलाई ६ सिट छुट्याउने गरी सत्तारुढ दलहरुले भागबण्डा टुङ्ग्याउने तयारी गरेका छन् ।

यस्तै, एकीकृत समाजवादीलाई २ र जसपालाई १ सिट छुट्याउने तयारी छ । तर ३ सिटको दाबी गर्दै आएको एकीकृत समाजवादी र एक सिट दाबी गर्दै आएको जनमत पार्टीले असन्तुष्टि जनाएका छन् ।

चार दलले मात्रै भागबण्डा गरेको भन्दै नागरिक उन्मुक्ति र राष्ट्रिय जनमोर्चा पनि असन्तुुष्ट छन् । कोशीमा कांग्रेस र माओवादीले १/१, मधेसमा कांग्रेस र जसपाले १/१, सुदूरपश्चिममा कांग्रेस र माओवादीले १/१ र लुम्बिनीमा कांग्रेस र माओवादीले १/१ सिट पाउने अनौपचारिक सहमति भए पनि बाग्मती, गण्डकी र कर्णालीमा टुङ्गो लाग्न बाँकी छ ।

आज बैठक बसेर टुङ्गो लगाउने कांग्रेस र माओवादीका नेताहरुले बताएका छन् ।सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयक सहमतिमा टुङ्ग्याउने सर्तमा एमालेलाई पनि राष्ट्रियसभामा सामेल गराउने प्रयास सफल हुन नसकेपछि गठबन्धन दलभित्रै भागबण्डा गर्ने तयारी भएको हो ।

माघ ११ मा हुने राष्ट्रिय सभा चुनावका लागि सातै प्रदेशमा भोलि उम्मेदवारी दर्ता गर्ने कार्यतालिका छ । 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया