बोक्सीको आरोप लगाएर महिलालाई कुटपिट गरेको आरोपमा वडा सचिव पक्राउ

 कात्तिक २६, २०७५ सोमबार ७:३९:४१ | भवानीप्रसाद पाण्डे
unn.prixa.net

रुपन्देही – रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं ५ का सचिव टिकाराम आचार्यलाई बोक्सीको आरोप लगाएर महिलालाई कुटपिट गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । 

तिलाेत्तमा नगरपािलकाकै वडा नं ४ की डम्बरकुमारी न्यौपानेलाई बोक्सीको आरोपमा आचार्यले दुर्व्यवहार गर्दै कुटपिट गरेको आरोपमा आचार्यलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बुटवलले बताएको छ ।

प्रहरीका अनुसार आचार्यकी श्रीमती कमला र छोरी प्रतिज्ञालाई पनि पक्राउ गरिएको छ । आचार्य परिवारले आफूलाई बोक्सीको आरोपमा कुटपिट गरेको भन्दै न्यौपानेले उजुरी दिनुभएको थियो ।

डम्बरकुमारीले दिएको बयान अनुसार छोरी प्रतिज्ञाले आफूलाई कुटपिट गरेको, आमा कमलाले साथ दिएको र बुवा टिकाराम रमिते बनेर हेरेका थिए । 

घटनालाई गम्भीरता पूर्वक लिई अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक डिलबहादुर मल्लले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

भवानीप्रसाद पाण्डे

रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया