सहकारी प्रकरणमा मुछिएका दीपेश पुन धराैटी बुझाएर रिहा
बैशाख १४, २०८१ शुक्रबार
काठमाडौं – नयाँ शक्ति पार्टी, नेपालका संयोजक एवम् पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले संविधानमा व्यवस्था गरिएको शिक्षा र स्वास्थ्यसम्बन्धी मौलिक हकलाई लागू गराउने कानुन निर्माण गर्न सरकारलाई दवाव दिनुभएको छ ।
आईतवार काठमाडौंमा आयोजित ‘विद्यार्थी आन्दोलन र अबको बाटो’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै संयोजक भट्टराईले यस्तो दवाव दिनुभएको हो ।
उहाँले आउँदो असोज ३ गतेभित्र संविधानमा व्यवस्था गरिएको सबै मौलिक हकलाई लागू गराउन कानुन बनाईसक्नुपर्ने भए पनि सरकार त्यसमा गम्भीर नभएको आरोप पनि लगाउनुभयो ।
उहाँले विद्यार्थी संगठनहरुलाई शिक्षा र स्वास्थ्यसम्बन्धी मौलिक हकलाई लागू गराउन दवाव आन्दोलन सुरु गर्न पनि आह्वान गर्नुभयो ।
संयोजक भट्टराईले विद्यालय शिक्षालाई निःशुल्क र उच्च शिक्षामा आवश्यक छात्रवृत्तिको व्यवस्था गराउन सरकारलाई दवाव दिन विद्यार्थी संगठनका नेताहरुलाई आग्रह गर्नुभयो ।
उहाँले वर्तमान सरकारले हुनेखानेकै पक्षमा शैक्षिक नीति लिएको भन्दै असन्तुष्टि पनि व्यक्त गर्नुभयो ।