उत्तर कोरियाले ‘पानीमुनि प्रहार गर्ने आणविक हतियार प्रणाली’ को परीक्षण गर्‍याे

 माघ ५, २०८० शुक्रबार १५:२:८ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

उत्तर कोरियाले पानीमुनि प्रहार गर्ने आणविक हतियारसहित ड्रोनको परीक्षण गरेको छ । दक्षिण कोरिया, अमेरिका र जापानबीच भएको संयुक्त समुद्री अभ्यासको जवाफमा उत्तर कोरियाले पानीमुनि प्रहार गर्ने आणविक हतियार प्रणालीको परीक्षण गरेको उत्तर कोरियाको सरकारी समाचार एजेन्सी (केसीएनए) ले जनाएको छ ।

तीन देशबीच भएको संयुक्त सैन्य अभ्यासले आफ्नो देशको सुरक्षामा गम्भीर सङ्कट देखिएको उत्तर कोरियाले बताएको छ । उत्तर कोरियाको पछिल्लो गतिविधिलाई लिएर दक्षिण कोरिया र उसका सहयोगीहरूले अहिलेसम्म प्रतिक्रिया जनाएका छैनन् ।

उत्तर कोरियाले हाइपरसोनिक मिसाइल प्रक्षेपण गरेपछि दक्षिण कोरियासहित ३ वटा देशले गएको सोमवारदेखि अस्ति बुधवारसम्म जेजु टापुको जलक्षेत्रमा संयुक्त सैन्य अभ्यास गरेका थिए ।

उत्तर कोरियाले परमाणु ब्यालेस्टिक मिसाइलको कैयौँ परीक्षण र नयाँ हतियारको प्रक्षेपण गर्दै आइरहेको छ । यी सबै गतिविधि संयुक्त राष्ट्र सङ्घको प्रतिबन्धको उल्लङ्घन हो ।

उत्तर कोरियाली नेता किम जोङ अनले गएको हप्ता दक्षिण कोरियालाई आफ्नो देशको प्रमुख शत्रु घोषणा गर्दै पुनर्मिलन र पहुँचका लागि काम गर्ने निकायहरूलाई निष्क्रिय बनाएको घोषणा गर्नुभएको थियो ।

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया