१९ वर्षमुनिको विश्व कप क्रिकेटमा नेपाल आज अफगानिस्तानसँग खेल्दै

 माघ १२, २०८० शुक्रबार ६:३८:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - दक्षिण अफ्रिकामा जारी आईसीसी १९ वर्षमुनिको विश्वकप क्रिकेटमा आज नेपालले अफगानिस्तानसँग खेल्दैछ ।

यसअघि भएका दुईवटा खेलमा नेपाल पाकिस्तान र न्युजिल्यान्डसँग पराजित भएकाे थियो । पहिलाे खेलमा नेपाल न्युजिल्यान्डसँग ६४ रनले र पाकिस्तानसँग ५ विकेटले पराजित भएकाे थियाे । 

अफगानिस्तानले पनि यसअघि भएका दुवै खेलमा हार ब्यहाेरेकाे छ । आजको खेल जितेमा नेपाल सुपर सिक्समा पुग्ने सम्भावना छ । प्रतियोगितामा ४ वटा समूहमा गरी २० वटा टोली छन् । हरेक समूहका शीर्ष तीन टोली सुपर सिक्समा पुग्नेछन् ।

प्रतियाेगिता यही माघ २८ गतेसम्म चल्नेछ ।  नेपाल प्रतियोगिताको समूह 'डी' मा छ । नेपालको समूहमा अफगानिस्तान, न्युजिल्यान्ड र पाकिस्तान छन् । 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया