वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ६ सय जनाभन्दा धेरैलाई ठग्ने ललितपुरका सुजन तामाङ पक्राउ

ठगेकाे रकमबाट ऋण तिर्नेदेखि शेयर किन्नेसम्म

 माघ १८, २०८० बिहिबार १५:७:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अमेरिका र युरोपका विभिन्न देशमा पठाइदिने भन्दै ६ सय जनाभन्दा धेरैलाई ठगी गर्ने ललितपुरको कोन्ज्योसोमका सुजन तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

माल्टा, पोल्यान्ड, क्यानडा, क्रोएसिया लगायतका देशहरूमा पठाइदिन्छु भन्दै ६ सय जना बढी सर्वसाधारणलाई करोडौँ रुपैयाँ ठगी गरेको उजुरीपछि तामाङलाई पक्राउ गरेएको काठमाण्डाै उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । उनले बालाजु चोकमा युरो विङ्स एजुकेसन कन्सल्टेन्सी खोलेर आफूलाई विकास वाइबाको नाममा चिनाउँदै ठगी गरेको पाइएको छ ।

कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) अनिल घिमिरेका अनुसार उनले ठगी गरेको रकमबाट ४ करोड १५ लाख रुपैयाँ व्यक्तिगत ऋण तिरेका थिए । यस्तै राप्ती म्यानपावर बसुन्धाराको ५० प्रतिशत शेयर किनेको, गाडी किनेकाे, भाइको खातामा १५ लाख ५० हजार जम्मा गरेको र ५ लाख रुपैयाँको सुन किनेको भेटिएको छ । पक्राउ परेका सुजन तामाङमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया