काकडभिट्टा नाकाबाट तीन महिनामै साढे तीन अर्ब रुपैयाँ भन्दा धेरेको कृषि उत्पादन तथा जडिबुटी निर्यात

 माघ २१, २०८० आइतबार ९:२२:६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – पछिल्लो तीन महिनामा पूर्वीनाका काकडभिट्टा हुँदै साढे तीन अर्ब रुपैयाँ भन्दा धेरैको कृषि, जडीबुटी तथा काष्ठ उत्पादन निर्यात भएको छ । गएको कात्तिकदेखि पुस मसान्तसम्ममा तीन अर्ब ६९ करोड पाँच लाख १२ हजार मूल्य बराबरका वस्तु निर्यात भएका प्लान्ट क्वारेन्टिन कार्यालय काकडभिट्टा का सूचना अधिकारी चन्द्रेश्वर ठाकुरले जानकारी दिनुभयो ।

तीन महिनामा सबैभन्दा धेरै एक अर्ब ६६ करोड आठ लाख मूल्य बराबरको दुई हजार सात सय ६८ मेट्रिक टन चिया निर्यात भएको छ । यस्तै ९८ करोड ९६ लाख मूल्य बराबरको एक हजार दुई सय ३७ मेट्रिक टन अलैँची निर्यात भएको छ । अम्लिसो, प्लाइउड र अदुवासमेत उल्लेख्य मात्रामा निर्यात भएको छ ।

यस्तै बन्दाकोभी, मूला, मुसुरो दाल लगायतका कृषि उत्पादन पनि निर्यात भएका छन् । चालु आर्थिक वर्षको पहिलो तीन महिना अर्थात साउनदेखि असोज मसान्तसम्ममा काकडभिट्टा नाकाबाट पाँच अर्ब २७ करोड ३६ लाख २९ हजार मूल्य बराबरको नेपाली उत्पादन भारत, बङ्गलादेशलगायत देशमा निर्यात भएको थियो ।

पछिल्ला वर्षहरुका पूर्वी पहाडबाट कृषि उत्पादन तथा जडिबुटी निकासी हुने क्रम बढेको छ । चिया, अलैँची, अम्लिसो, अदुवा लगायतको खेती र उत्पादन बढेसँगै निर्यात पनि बढेको हो । पूर्वी पहाडका किसानहरुले पछिल्लो समय कृषि उत्पादनबाट लोभलाग्दो आम्दानी गर्न थालेका छन् ।

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया