शेयर बजार आज पनि बढ्याे, २ अर्ब ५९ करोड रुपैयाँकाे कारोबार

 माघ २३, २०८० मंगलबार १८:१४:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शेयर बजार आज पनि बढेको छ । हिजो दोहोरो अङ्कले बढेको शेयर बजार परिसूचक नेप्से आज नौ दशमलव ४४ अङ्कले बढेर दुई हजार ८५ दशमलव ७१ विन्दुमा पुगेको छ ।

आज अन्य र व्यापार बाहेक सबै समूहको शेयर बढेकोमा बीमा, उत्पादन तथा प्रशोधन, होटल तथा पर्यटन, विकास बैंक, माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।

आज समाज लघुवित्तको शेयर १० प्रतिशत र गुराँस लघुवित्तको शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ । समग्रमा बजार बढेको दिन साम्लिङ पावर कम्पनीको शेयर १० प्रतिशतले घटेको छ ।

आज ७६ लाख २४ हजार कित्ता शेयर दुई अर्ब ५९ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै हिमालयन रिइन्सुरेन्स कम्पनीको ३३ करोड ७६ लाख रुपैयाँको शेयर किनबेच भयो ।

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया