फागुन पहिलो हप्ता पोखरामा ‘नेपाल साहित्य महोत्सव’

 माघ २६, २०८० शुक्रबार ११:४३:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - एघारौँ संस्करणको नेपाल साहित्य महोत्सव आउँदो फागुन ३ देखि ७ गतेसम्म पोखरामा हुने भएको छ ।

बुकवर्म फाउन्डेसनको आयोजना, पोखरा महानगरपालिकाको प्रवर्द्धन र सूर्य नेपाल गाथाको सहयोगमा महोत्सव हुन लागेको हो ।

महोत्सवमा देशविदेशका दुई सयभन्दा धेरै साहित्यकार, राजनीतिज्ञ, लेखक, पत्रकार, कलाकार, सम्पादकलगायत विशिष्ट व्यक्ति सहभागी हुने आयोजकले जनाएको छ ।

महोत्सवमा ५५ भन्दा बढी छलफल सत्र, साङ्गीतिक साँझलगायत विविध प्रस्तुति राखिएको आयोजक संस्थाका सदस्य केशवशरण लामिछानेले बताउनुभयो।

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया