कोशी प्रदेशमा थपिए चार मन्त्री र दुुई राज्यमन्त्री

 माघ २७, २०८० शनिबार ७:४:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – कोशी प्रदेश सरकारले पूर्णता पाएको छ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले चार मन्त्री र दुई राज्यमन्त्री नियुक्त गरेसँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको हो । कांग्रेसका प्रदीपकुमार सुनुवार स्वास्थ्य, रामकुमार खत्री उद्योग, कृषि तथा सहकारीमन्त्री तथा इन्दिरा थापा आर्थिक मामिला तथा योजना राज्यमन्त्री र सुनिताकुमारी गुरुङ आन्तरिक मामिला तथा कानुन राज्यमन्त्रीमा नियुक्त हुुनुुभएको छ । 

यस्तै माओवादी केन्द्रका राजेन्द्रकुमार कार्की सामाजिक विकास र नारायण बुर्जा मगर खानेपानी, सिँचाइ तथा उर्जामन्त्रीमा नियुक्त हुनुुभएको छ । मुुख्यमन्त्री कार्कीले आर्थिक मामिला तथा योजना मन्त्रालय आफैँसँग राख्नुुभएको छ ।

नवनियुक्त मन्त्री र राज्यमन्त्रीले हिजो नै प्रदेश प्रमुख पर्शुराम खापुङबाट शपथ लिएका छन् । यसअघि कांग्रेसका शम्शेर राई आन्तरिक मामिला तथा कानुन, माओवादी केन्द्रका गणेश उप्रेती पर्यटन, वन तथा वातावरण र नेकपा एकीकृत समाजवादीका कमलप्रसाद जबेगु भौतिक पूर्वाधार मन्त्रीमा नियुक्त भएका थिए ।

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया