इजरायलद्वारा प्यालेस्टाइनको राफामा अर्को नरसंहार, सय जना भन्दा धेरैको ज्यान गयो

 माघ २९, २०८० सोमबार १८:२५:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – गाजासहित प्यालेस्टाइनका विभिन्न क्षेत्रमा भीषण हमला गरिरहेको इजरायलले आज फेरि अर्को ठूलो आक्रमण गरिरहेको छ । आज इजरायलले राफाहमा अन्धाधुन्ध बम वर्षाउँदा एक सय जना भन्दा धेरैको ज्यान गएको एफपीले जनाएको छ । तर केही सञ्चारमाध्यमले भने ६७ जनाको मात्रै ज्यान गएको बताएका छन् ।

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले साना बालबालिकासहित एक सय जना प्यालेस्टाइनीको हत्या भएको र सयौँ घाइते भएको बताएको छ । रातको समयमा भएको आक्रमणको थप विवरण सङ्कलन भइरहेको छ। राफाहमा १ लाख जना प्यालेस्टाइनीले शरण लिइरहेका छन् । इजरायलले भने गएरातिको आक्रमणबाट २ जना बन्धकलाई रिहा गर्न सफल भएको जनाएको छ ।

गएको अक्टोबर ७ तारिखमा हमासले इजरायलमा आक्रमण गर्दा २ सय ४० जना बन्धक बनाएकोमा अझै एक सय जना भन्दा धेरै हमासकै कब्जामा छन् । इजरायलले गाजासहित प्यालेस्टाइनी सहरहरुमा गरिरहेको आक्रमणमा अहिलेसम्म २८ हजार ४ सय जना भन्दा धेरै प्यालेस्टाइनीको ज्यान गइसकेको छ ।

यसैबीच नेदरल्यान्ड्सको एक अदालतले इजरायललाई एफ–३५ लडाकु विमानको पाटपूर्जा बेच्न रोक लगाएको छ । इजरायलले गाजा आक्रमणमा प्रयोग गरिरहेको यो विमानका कारण थप मानवीय क्षति हुन सक्ने भन्दै अदालतले पाटपूर्जा बेच्न रोक लगाएको हो । 

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया