प्यालेस्टाइनको रफाहका नागरिकहरूको सुरक्षा गर्न इजरायललाई अमेरिकी राष्ट्रपतिको आग्रह

 फागुन १, २०८० मंगलबार १२:१०:१० | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – अमेरिकी राष्ट्रपति जो बाइडेनले प्यालेस्टाइनको रफाहमा इजरायली आक्रमण भइरहँदा त्यहाँका नागरिकको सुरक्षाका लागि आग्रह गर्नुभएको छ । राष्ट्रपति बाइडेनले रफाहमा आश्रय लिइरहेका १० लाख भन्दा बढी प्यालेस्टिनीहरूको सुरक्षा सुनिश्चित गर्नको लागि विश्वसनीय योजना नबनाइ आक्रमणलाई निरन्तरता दिन नहुने बताउनुभएको हो ।

उहाँले दक्षिणी गाजामा विस्थापित भएका धेरै व्यक्तिहरू त्यहाँँ बसेका र उनिहरु पिछडिएका , कमजोर र सिमान्तकृत वर्ग रहेकाले उनीहरूलाई सुरक्षित गर्न आवश्यक रहेको बताउनुभएको बीबीसीले जनाएको छ ।

संयुक्त राष्ट्रसंघको मानव अधिकार सम्बन्धी निकायले त्यस क्षेत्रमा इजरायले जारी राखेको आक्रमणले भयावह रुप लिने र धेरै नागरिकहरूले ज्यान गुमाउने  सम्भावना रहेको बताएको छ ।

गएको हप्ता इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले रफाहमा निरन्तर आक्रमण गरेर त्यहाँ लुकेका हमासमा आबद्ध विद्रोही लडाकु सबैलाई पररास्त गर्न सेनालाई निर्देशन दिनुभएको थियो । त्यसपछि रफाहमा जारी इजरायली हवाई आक्रमणमा परेर धेरैले ज्यान गुमाइसकेका छन् ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया