भारतमा किसानको दिल्ली यात्रा शुरु, किसानलाई रोक्न ठाउँठाउँमा ब्यारिकेड

 फागुन १, २०८० मंगलबार १५:१३:२१ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

भारतको हरियाणा, पन्जाब र उत्तर प्रदेश राज्यका किसानहरूले विभिन्न माग राख्दै सङ्घीय राजधानी दिल्लीको यात्रा शुरु गरेका छन् । पन्जाबको फतेहगढबाट किसानहरूले दिल्लीको यात्रा शुरु गरेका बीबीसी हिन्दीले जनाएको छ ।

किसानहरूलाई रोक्नका लागि दिल्ली पुलिसले सुरक्षा व्यवस्थामा कडाइ गरेको छ । जसका कारण केही मुख्य सडकहरूमा गाडीको लामो लाइन लागेको छ ।

यसैबीच ठूलो सङ्ख्यामा ट्रयाक्टर, ट्रली लिएर दिल्लीतर्फ बढिरहेका किसानहरूको भीडलाई तितरबितर गर्नका लागि पन्जाब र हरियाणको बीच शम्भू बोर्डर नजिक प्रहरीले ड्रोनबाटै अश्रृ ग्यास प्रहार गरेको बीबीसी हिन्दीले जनाएको छ । केही किसानहरूलाई प्रहरीले हिरासतमा लिएको छ ।

किसानहरू दिल्ली आउने भएपछि पन्जाब, हरियाणा र दिल्लीको सीमामा ठूलो सङ्ख्यामा बेरिकेड लगाइएको छ । दिल्ली आउने मुख्य सडकहरूमा कन्टेनर, बस र क्रेन राखिएको तथा केही ठाउँमा सिमेन्टको ब्यारिकेड लगाइएको खबरमा उल्लेख छ । दिल्ली पुलिसले पूरै प्रदेशमा पाँच जनाभन्दा धेरै सङ्ख्यामा एक ठाउँमा भेला हुन प्रतिबन्ध लगाएको छ ।

किसानहरूको प्रदर्शनलाई मध्यनजर गर्दै दिल्ली विमानस्थलले सडकको अवस्थाको जानकारी लिएर मात्र यात्रामा निस्कन आग्रह गरेको छ ।

उनीहरूले केन्द्र सरकारले न्यूनतम समर्थन मूल्य तोक्नुपर्ने, किसानहरूविरुद्धको मुद्दा फिर्ता लिनुपर्ने, किसानहरूलाई प्रदूषण कानुनभन्दा बाहिर राख्नुपर्ने, लगायतका माग राखेका छन् ।

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया