व्यापार सम्बन्ध सृदृढ बनाउन भारतीय प्रधानमन्त्री मोदीको युएई भ्रमण

 फागुन २, २०८० बुधबार ६:४२:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सबैभन्दा ठूलो हिन्दू मन्दिरको उद्घाटन गर्न र लगानी तथा व्यापार सम्बन्ध बढाउन संयुक्त अरब इमिरेट्स (युएई) को भ्रमणमा जानुभएको छ । दुवै देशले प्रमुख व्यापार र यातायात मार्गमा सहकार्य गर्ने सम्झौतामा हस्ताक्षर गरेका छन् । मोदीको पछिल्लो आठ महिनामा यो तेस्रो युएई भ्रमण हो । 

उहाँको यो भ्रमण अप्रिलमा शुरु हुने भारतको राष्ट्रिय चुनावअघि भएको हो । हिजो अबुधाबीमा भएको सामुदायिक कार्यक्रममा हजारौँ प्रवासीहरूलाई सम्बोधन गर्नुभएको मोदीले आज त्यस क्षेत्रको सबैभन्दा ठूलो हिन्दू मन्दिरको उद्घाटन गर्ने कार्यक्रम रहेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएको छ।

युएईमा रहेका भारतीयहरूले विदेशबाट मतदान गर्न नपाउने भए पनि यो भ्रमण मुख्यरूपमा प्रवासी भारतीयहरूलाई प्रेरित गर्नेमा केन्द्रित रहेको विशेषज्ञहरूले बताएका छन् । युएईमा झण्डै ३५ लाख भारतीय रहेका छन् । उनीहरू खाडी देशको सबैभन्दा ठूलो आप्रवासी समुदाय हुन् ।

भारतीय विदेश मन्त्रालयका अनुसार  प्रधानमन्त्री मोदीले हिजो युएईका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाहयानसँग भेटेर द्विपक्षीय लगानी सन्धि, २०२२ मा हस्ताक्षर भएको बृहत् आर्थिक साझेदारी सम्झौतामा निर्माणलगायत धेरै सम्झौतामा हस्ताक्षर गर्नुभएको छ । उहाँ आज स्वदेश फर्कनु हुनेछ

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया