अच्युत घिमिरेलाई अन्तर्दृष्टि प्रोत्साहन पत्रकारिता पुरस्कार

 फागुन ४, २०८० शुक्रबार ९:७:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - यस वर्षको अन्तर्दृष्टि पुरस्कार-२०८० तीन विधामा वितरण भएको छ । गोर्खाको अमरज्योति जनता माध्यमिक विद्यालय परिसरमा वसन्तपञ्चमीको अवसरमा अन्तर्दृष्टि पुरस्कार वितरण भएको हो ।

अन्तर्दृष्टि पुरस्कार समितिका संरक्षक डा. कमल लामिछानेका अनुसार अन्तर्दृष्टि नमुना शिक्षक पुरस्कार, अन्तर्दृष्टि हातेमालो पुरस्कार तथा अन्तर्दृष्टि प्रोत्साहन पत्रकारिता पुरस्कार गरी तीन विधामा पुरस्कार वितरण गरिएको हो ।

पत्रकारिताका माध्यमबाट अपाङ्गता भएका व्यक्तिप्रति सकारात्मक सोच र दृष्टिकोणसहित खोज, अन्वेषण एवम् उनीहरूका असीमित सम्भावना र अवसरको पहिचान गरी समावेशी विकास र समतामूलक समाज निर्माणमा योगदान पुर्याउने पत्रकारमध्ये उज्यालो रेडियो नेटवर्कमा आवद्ध पत्रकार अच्युत घिमिरेलाई अन्तर्दृष्टि प्रोत्साहन पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।

शिक्षकको शिक्षण सिकाइ क्रियाकलाप र उनीहरूको सामाजिक व्यवहारलाई आधार मानी दृष्टिविहीन विद्यार्थीले छनोट गरेअनुसार यही विद्यालयका शिक्षक किशोर कुमार श्रेष्ठलाई अन्तर्दृष्टि नमुना शिक्षक पुरस्कार प्रदान गरिएको छ ।

यसैगरी आफूसँग हातेमालो गरेका अपाङ्गता नभएका विद्यार्थीका सहयोगी भूमिका, व्यवहार, सिकाइको आदानप्रदानलाई आधार मानी कक्षा ९ मा अध्ययनरत विद्यार्थी समिर गुरुङलाई अन्तर्दृष्टि हातेमालो पुरस्कार प्रदान गरिएको छ । 

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया