शेयर बजार सामान्य घट्याे, ३ अर्ब १३ करोड रुपैयाँकाे काराेबार

 फागुन ८, २०८० मंगलबार १८:२९:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आज शेयर बजार सामान्य घटेको छ । शेयर बजार परिसूचक नेप्से आज एक दशमलव ७६ अङ्कले घटेर दुई हजार ३३ दशमलव शून्य छ विन्दुमा झरेको छ ।

आज विकास बैंक, फाइनान्स, लगानी, उत्पादन र अन्य समूहको शेयर सामान्य बढ्यो भने बाँकी समूहको शेयर सामान्य घटेको छ ।

आज ग्रीन लाइफ हाइड्रोपावरको शेयर घटेर नकारात्मक सर्किट लागेको छ । समग्रमा बजार घटेको दिन आज बोटलर्स नेपाल र समाज लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

आज ९३ लाख ४२ हजार कित्ता शेयर तीन अर्ब १३ करोड रुपैयाँमा किनबेच भएको छ ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया