नेपाली कांग्रेसको महासमिति बैठकमा आजदेखि समूहगत छलफल

 फागुन ९, २०८० बुधबार १८:१५:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाली कांग्रेसको महासमिति बैठकमा आजदेखि समूहगत छलफल शुरु भएको छ । हिजो प्रस्तुत भएका पाँच वटा प्रतिवेदनमाथि आजदेखि विभिन्न समूह बनाएर छलफल भइरहेको हो ।

बैठकमा पार्टीका उपसभापति तथा उपप्रधान/रक्षामन्त्री पूर्णबहादुर खड्काले नीति प्रस्ताव, महामन्त्री गगन थापाले सांगठनिक प्रस्ताव, महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक प्रतिवेदन, कांग्रेसका प्रवक्ता तथा अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशासम्बन्धी प्रतिवेदन र लेखा समिति संयोजक श्यामकुमार घिमिरेले लेखा परीक्षण प्रतिवेदन पेस गर्नुभएको थियो।

समूहगत छलफलबाट आएका सुझावका आधारमा प्रतिवेदन मारिमार्जनसहित पारित हुनेछन् । मुख्यगरी गठबन्धनको विषयलाई लिएर विवाद रहेको कांग्रेस बैठकमा महामन्त्री थापाको गठबन्धन नगर्ने प्रस्तावले प्रवेश पाएको छ । केही सदस्यले गठबन्धन गर्न नहुने बताएका छन् । तर केहीले भने चुनाव आउन झण्डै ४ वर्ष बाँकी रहेकाले अहिले नै गठबन्धन गर्न नहुने भनेर माओवादीलाई बिच्काउन नहुने बताएका छन् ।

माओवादीसँगको गठबन्धनकै कारण सात वटै प्रदेश सरकार र सङ्घीय सरकारमा कांग्रेसको सहभागिता रहेको र अब प्रधानमन्त्री समेत कांग्रेसले नै पाउने समयमा गठबन्धनको विरोध गर्नु ठीक नभएको केही सदस्यको भनाइ छ । महासमिति बैठक भोलिसम्म चल्नेछ ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया