ब्राजिलका पूर्व खेलाडी ड्यानी आल्भेस बलात्कार आरोपमा दोषी ठहर : साढे चार वर्षको जेल सजाय

 फागुन १०, २०८० बिहिबार १८:३२:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – ब्राजिलका पूर्व खेलाडी ड्यानी आल्भेस बलात्कार आरोपमा दोषी ठहर भएका छन् । बार्सिलोना र ब्राजिलका पूर्व फुटबलर आल्भेसलाई स्पेनको एक अदालतले बार्सिलोनाको रात्रि क्लबमा एक महिलालाई बलात्कार गरेको आरोपमा दोषी ठहर गरेको हो । ४० वर्षका उनलाई साढे चार वर्षको जेल सजाय सुनाइएको छ ।

आल्भेसलाई सन् २०२२ डिसेम्बर ३१ तारिखमा स्पेनकी एक महिलाले बलात्कार आरोप लगाएकी थिइन् । आल्भेसले बार्सिलोना, युभेन्टस र पेरिस सेन्ट जर्मेइन (पीएसजी) लगायतका क्लबबाट खेलिसकेका छन् । आल्भेस कतारमा भएको विश्वकप फुटबलमा ब्राजिलको टोलीमा थिए । उनी विश्वकप खेल्ने सबैभन्दा पाको उमेरका ब्राजिलका खेलाडी पनि बनेका छन् । 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया