नेदरल्यान्ड्सलाई हराउँदै नामिबिया तालिकाकाे शीर्ष स्थानमा उक्लियाे

 फागुन ११, २०८० शुक्रबार १७:१४:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आईसीसी विश्वकप क्रिकेट लिग–२ मा नामिबियाले नेदरल्यान्ड्सलाई २४ रनले हराएको छ ।

नामिबियाले दिएको २ सय ४ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्स ४३ ओभर ५ बलमा १ सय ७९ रन बनाउँदा अल आउट भयो । नेदरल्यान्ड्सका नोह क्रोसले नट आउट ४६ रन बनाए । यस्तै म्याक्स ओडाउड ४१ रन बनाएर आउट भए । नामिबियाका कप्तान गेरहार्ड इरासमस र जान फ्रालिन्कले समान ३ विकेट लिए ।

यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नामिबिया ४१ ओभर ३ बलमा २ सय ३ रन बनाउँदा अल आउट भयो । नामिबियाका जोन निकोल लोफ्टी एटनले ४९, मलन क्रुगेरले ३९, जान फ्रालिङ्कले ३४ रन बनाए । नेदरल्यान्ड्सका भिभान किङ्माले ३ तथा आर्यन दत्त र रोल्फ भान डेर मेर्वेले समान २ विकेट लिए ।

यो जितसँगै नामिबिया ४ खेलमा ६ अङ्कसहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । समान ३ खेल खेलेका नेपाल र नेदरल्यान्ड्स २ अङ्कसहित दोस्रो र तेस्रो स्थानमा छन् । यो शृङ्खलाको अन्तिम खेलमा पर्सि नेपाल र नेदरल्यान्ड्सबीच खेल हुनेछ ।

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया