केपी ओली कपमा आयाेजक टाेलीकाे विजयी शुरुवात

 फागुन ११, २०८० शुक्रबार १८:२६:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – केपी ओली कप फुटबलको दोस्रो संस्करणमा आयोजक टोलीले विजयी शुरुवात गरेको छ ।

आज एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको उद्घाटन खेलमा आयोजक केपी ओली एफसीले चर्च ब्वाइज युनाइटेडलाई ३–० ले हरायो । केपी ओली एफसीले ३ वटै गोल दोस्रो हाफमा गर्‍याे । उसका फोडे फोफानाले ५८ तथा जय गुरुङले ६८ र ७९ मिनेटमा गोल गरे ।

प्रतियोगितामा १२ वटा टोलीको सहभागिता छ । प्रतियोगिताका सेमिफाइनल र फाइनल बाहेक सबै खेल एन्फा कम्प्लेक्समा हुनेछ । १७ गते हुने सेमिफाइनल र १९ गते हुने फाइनल खेल त्रिपुरेश्वरको दशरथ रङ्गशालमा हुनेछ ।

प्रतियोगिताको विजेताले ११ लाख र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउनेछ । यस्तै उत्कृष्ट खेलाडीलाई १ लाख तथा उत्कृष्ट गोलरक्षक, उत्कृष्ट गोलकर्ता र उत्कृष्ट उदीयमान खेलाडीलाई ५०/५० हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया