दुर्गा थापा पहिलो महिला एआईजी

 कात्तिक २८, २०७५ बुधबार १०:४२:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं – नेपाल प्रहरीले पहिलोपटक महिला एआईजी पाएको छ । प्रहरी अस्पतालमा कार्यरत डा. दुर्गा थापा पहिलो महिला एआईजी बन्नुभएको हो । उहाँलाई मंगलबार प्रहरी महानिरीक्षक सवेन्द्र खनालले एआईजीको दज्र्यानी चिह्न लगाइदिनुभएको छ ।

आइतबार बसेको मन्त्रिपरिषदको बैठकले थापालाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो । यसअघि नेपाल प्रहरीमा डीआईजीसम्म मात्र महिला पुगेका थिए । 

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया