आजकाे मौसम सामान्यतया सफा, यही हप्ता पानी पर्ने सम्भावना

 फागुन १३, २०८० आइतबार ६:३७:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – अहिले देशको लुम्बिनी र गण्डकी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रहेको छ । बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान् महाशाखाले दैनिक बुलेटिन मार्फत जानकारी गराएको छ ।

आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका केही ठाउँमा फाट्टफुट्ट वर्षा र गण्डकी, कर्णाली र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई ठाउँमा सामान्य हिमपातको सम्भावना रहेको मौसमविद् मिनकुमार अर्यालले जानकारी दिनुभयो ।

भोलि पनि केही ठाउँमा सामान्य बदलीको सम्भावना रहेको छ । केही दिन पानी पर्ने सम्भावना नभए पनि मौसम बदली हुने क्रम भने चलिरहने र यो हप्ताको अन्त्यतिर पुनः अर्को प्रणाली सक्रिय भएर पानी पर्ने सम्भावना रहेको मौसमविद् अर्यालले जानकारी दिनुभयो ।

जल तथा मौसम विज्ञान विभागले यो वर्षका लागि गएको मङ्सिर १५ देखि यही फागुन १७ गतेसम्म तीन महिनाको समयलाई हिउँद अवधि भनेको थियो । जस अनुसार अब झण्डै पाँच दिन हिउँद बाँकी छ । त्यही अवधिमा वा त्यो भन्दा एक–दुई दिन पछिसम्म हिउँदे वर्षाको सम्भावना रहेको मौसमविद् आर्यालले बताउनुभयो ।

गएको बिहीवार देशभर सामान्य वर्षा भएको थियो । नयाँ प्रणाली भित्रिएको अवस्थामा हिउँद अवधिमै त्यही प्रकारको वर्षा हुन सक्ने उहाँले बताउनुभयो । नयाँ प्रणाली सक्रिय भए पनि अब विशेष परिस्थितिमा बाहेक यो वर्ष अब तापक्रममा धेरै गिरावट आउने सम्भावना नरहेको उहाँले बताउनुभयो।

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया