१६ वर्षमुनिको साफ महिला च्याम्पियनशिप : नेपाल बङ्लादेशसँग २ गाेलले पराजित

 फागुन १९, २०८० शनिबार १८:१०:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – १६ वर्षमुनिको साफ महिला च्याम्पियनशिपमा नेपाल पहिलाे खेलमा पराजित भएको छ ।

एन्फा कम्प्लेक्स ललितपुरमा आज भएको खेलमा नेपाल बङ्लादेशसँग २-० ले पराजित भयो । बङ्गलादेशले दुवै गाेल पहिलाे हाफमा गर्‍याे । बङ्गलादेशकी साैरभी अकन्दा प्रितीले २५ र ३१ औँ मिनेटमा गाेल गरिन् ।

सिङ्गल राउन्ड रोबिनका आधारमा हुने प्रतियोगितामा सहभागी टोलीले एकआपसमा खेल्नेछन् । प्रतियोगितामा नेपाल, भारत, बङ्गलादेश र भुटान सहभागी छन् । नेपाल प्रतियोगिताको साविक विजेता हो । लिग चरणका ६ खेलपछि शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् । फाइनल खेल यही फागुन २७ गते हुनेछ ।

यसअघि १५ वर्षमुनिको उमेर समूहमा आयोजना हुँदै आएको प्रतियोगिता यो संस्करणदेखि १६ वर्षमुनिको उमेर समूहमा भइरहेको हो ।

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया