केपी ओली कपकाे उपाधि लगातार दाेस्राे पटक मछिन्द्रलाई

 फागुन २०, २०८० आइतबार ६:३९:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – मछिन्द्र फुटबल क्लबले लगातार दोस्रो पटक केपी ओली कपको उपाधि जितेको छ । दोस्रो संस्करणको फाइनल खेलमा न्यूरोड टिम (एनआरटी) लाई पेनाल्टीमा ५–४ गोलले पराजित गर्दै मछिन्द्र दोस्रो पटक विजेता बनेको हो ।

निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएको थियो । एनआरटीका विवेक गुरुङले पेनाल्टीमा गोल गर्न सकेनन् । मछिन्द्रले उपाधिसहित ११ लाख रुपैयाँ प्राप्त गरेको छ । अघिल्लो संस्करणको फाइनलमा मछिन्द्रले सातदोबाटो युथ क्लबलाई हराउँदै उपाधि जितेको थियाे ।

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया