नइ प्रकाशनका सिक्का र हुलाक टिकट लोकार्पण

 फागुन २०, २०८० आइतबार ९:२८:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ –  नइ प्रकाशनले नेपाल राष्ट्र बैङ्कबाट टकमरी भएको सिक्का र हुलाक टिकटको लोकार्पण गरेको छ । नइ प्रकाशनको रजत महोत्सवका अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँला, वरिष्ठ समालोचक प्रा डा वासुदेव त्रिपाठी र नेपाल राष्ट्र बैङ्कका सञ्चालक तथा पूर्वडेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले नेपाल राष्ट्र बैङ्कबाट टकमरी भएको सिक्का र हुलाक टिकटको सामूहिक लोकार्पण गर्नुभएको हो।

नेपाल राष्ट्र बैङ्कबाट एक सय रुपैयाँ सिक्का र नेपाल सरकार हुलाक सेवा विभागबाट १० रुपैयाँको हुलाक टिकट प्रकाशनमा आएको हो । नेपाल राष्ट्र बैङ्कबाट नेपाली साहित्यिक संस्थाका नाउँमा सिक्का टकमरी भएको यो पहिलो अवसरका रुपमा रहेको प्रकाशनका सदस्य सचिव नरेन्द्रराज प्रसाईले बताउनुभयो ।

नेपाली वाङ्मयप्रेमीको विशिष्ट संस्थाको रुपमा रहेको नइ प्रकाशन २०५२ सालमा स्थापना भएको हो । स्थापनाकालदेखि संस्थाले परम्परागत सांस्कृतिक मूल्य, मान्यता र धारणालाई शिरोपर गर्दै नेपाली भाषासाहित्य, कला, संस्कृति, समाजसेवा, ज्ञानविज्ञान, चिन्तन, खेलकुदलगायतका अन्य विविध क्षेत्रमा प्रकाशन तथा प्रतिभालाई सम्मान गर्दै आएको छ । 

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया