लगानी सम्मेलनका लागि कानुनमा रहेका समस्यालाई 'फास्ट ट्र्याक' बाट सम्बोधन गर्नुपर्छ : मन्त्री भण्डारी

 फागुन २६, २०८० शनिबार १८:२७:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ — उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले लगानी सम्मेलनका लागि सरकारले कानुनमा रहेका समस्यालाई 'फास्ट ट्र्याक' बाट सम्बोधन गर्नु आवश्यक रहेको बताउनुभएको छ ।

काठमाण्डौमा नेपाल तयारी पोसाक उद्योग सङ्घको २९ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री भण्डारीले अहिलेको कानुनमा रहेका त्रुटि तथा समस्यालाई 'फास्ट ट्र्याक' बाट सम्बोधन गर्नु नै लगानी सम्मेलनका लागि फाइदाजनक रहेको बताउनुभयो ।

उहाँले निजी क्षेत्र उत्साहित नभएसम्म र निजी क्षेत्रलाई प्रोत्साहित गर्न नसकेसम्म लगानीमैत्री वातावरण बन्न नसक्ने उल्लेख गर्नुभयाे । लगानीमैत्री वातावरण सिर्जना गर्न सरकार तयार रहेको उहाँकाे भनाइ छ ।

यसैबीच नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थतन्त्रको एजेन्डामा राजनीतिक दलहरू एक ठाउँमा उभिनुपर्नेमा जोड दिनुभएको छ । उहाँले आर्थिक एजेन्डामा सबै राजनीतिक दलहरू एक नभए देशको अर्थतन्त्र अघि बढ्न नसक्ने बताउनुभयो । ढकालले निजी क्षेत्रका आर्थिक एजेन्डालाई सबै राजनीतिक दलले प्रतिबद्धता जनाउनुपर्नेमा जोड दिनुभयो ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया