काठमाण्डाैमा नेपाली क्यारिकेचर प्रदर्शनी

 फागुन २८, २०८० सोमबार ९:२५:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डौमा ‘नेपाली क्यारिकेचर–२०८० प्रदर्शनी’ शुरु भएको छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, वास्तुकला तथा अन्य सृजनात्मक कला विभाग तथा कार्टुनिस्ट क्लब अफ नेपालको संयुक्त आयोजनामा हिजोदखि प्रदर्शनी शुरु भएको हो ।     

नेपालमा २०७४ सालदेखि नेपाली क्यारिकेचर प्रदर्शनी हुँदै आएको छ । प्रतियोगितामा सहभागी ३३ कलाकृतिमा छनोट तथा मूल्याङ्कन मापदण्डभित्र परेका प्रतियोगी कलाकृतिहरूमध्ये तीनजनालाई पुुरस्कार प्रदान गरिएको छ । पहिलो पुरस्कार अनुप गुरुङ, दोस्रो पुरस्कार अनिशा भण्डारी र तेस्रो पुरस्कार विश्व थापामगरले पाउनुुभएको छ ।

प्रदर्शनीमा अविन श्रेष्ठ, अकृन अधिकारी, अनिसा भण्डारी, अनुप गुरुङ, अर्पिता शाक्य, अशोकमान सिंह, वामन चालिसे, वासु क्षितिज, भानु भट्टराई, विनय भण्डारी, विश्व थापा, चेतन गौतम, देवेन्द्र थुम्केली, हरिशरण ढुङ्गाना, केशवराज खनाल, महेश बस्ताकोटी, मनरा प्रजापति, एनबी गुरुङ, पल्पासा मानन्धर, पानसिंह तमोरका क्यारिकेचरहरू छन् ।

कार्टुनिस्ट रवि मिश्र, रवीन सायमी, रवीन्द्र मानन्धर, रामहरि रिमाल, राजेश मानन्धर, रामकृष्ण थापा, सविना रिजाल, सानुराज डङ्गोल, सागर शाह, सुजिता महर्जन, सुदर्शन सिग्देल, सौरभ कोइराला, उमेशचन्द्र अधिकारीलगायत क्यारिकेचर पनि रहेका छन् । प्रदर्शनी आउँदो चैत १ गतेसम्म सञ्चालन हुनेछ ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया