म्यानमारको रखाइन राज्यमा रहेका आफ्ना नागरिकलाई ठाउँ छोड्न भारतको आग्रह

 चैत ३, २०८० शनिबार १३:२२:२४ | एजेन्सी
unn.prixa.net

म्यानमारको रखाइन राज्यमा बिग्रँदो सुरक्षा अवस्थालाई लिएर भारतको विदेश मन्त्रालयले आफ्ना सम्पूर्ण नागरिकलाई ठाउँ छोड्न र त्यस क्षेत्रमा यात्रा नगर्न निर्देशन दिएको छ । मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले रखाइन राज्यमा रहेका सबै भारतीय नागरिकलाई यथाशीघ्र ठाउँ छोड्न र कतैबाट त्यस क्षेत्रमा यात्रा नगर्न निर्देशन दिएको जानकारी दिनुभयो ।

भारतले म्यानमारमा शान्ति र सुरक्षा चाहेको प्रवक्ता जैसवालले बताएको समाचार संस्था एएनआईले जनाएको छ । म्यानमारका निरन्तर हिंसाका घटना हुँदै आएका छन् ।

गएको अक्टोबरमा तीन जातीय अल्पसङ्ख्यक शक्तिले केही सहर र सैनिक चौकीहरू कब्जामा लिएपछि हिंसाका घटना बढेका हुन् । तीन वर्षअघि सेनाले सत्ता कब्जा गरेको म्यानमारले गएको फेब्रुअरी एकमा सैन्य विद्रोहको तेस्रो वार्षिकोत्सव मनाएको थियो ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया