आज अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस : कानुन बलियो भए पनि विभेद कायमै

 चैत ८, २०८० बिहिबार ९:१०:०
unn.prixa.net

साङ्केतिक तस्बिर

काठमाण्डौ – आज ५९ औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस, विभिन्न कार्यक्रम गरी मनाईंदै छ । संयक्त राष्ट्र सङ्घले सन् १९६५ मा जातीय विभेद उन्मूलनसम्बन्धी महासन्धी पारित गरी जाति तथा रङ्गभेद उन्मूलन दिवसका रूपमा मनाउने घोषणा गरे पनि नेपालले भने यो महासन्धीलाई सन् १९७१ मा मात्रै अनुमोदन गरेको थियो ।

दिवस भने सन् १९६६ देखि हरेक वर्ष मार्च २१ तारिखमा मनाउने गरिन्छ । नेपालमा दलित तथा पछाडि पारिएका समुदायले यो दिवस मनाउँदै आएका छन् । जातीय विभेद उन्मूलन दिवस मनाउन थालेको दुई दशक पुग्दा विभेद उन्मूलनका लागि प्रभावकारी काम हुन नसकेको उनीहरुको गुनासो छ ।

दलित समुदायका व्यक्तिमाथि अझै पनि कुनै न कुनै रुपको विभेद भइरहेको अधिकारकर्मीहरुले बताउँदै आएका छन् । जातीय भेदभाव गर्न नपाइने स्पष्ट कानुनी व्यवस्था भए पनि जातीय भेदभाव तथा छुवाछुतका घटना भइरहेका छन् ।

वि‍‍.सं.२०६२/६३ सालको जनआन्दोलनपछि पुनःस्थापित संसदले २०६३ साल जेष्ठ २१ गते नेपाललाई छुवाछुतमुक्त राष्ट्र घोषणा गरेको थियो । तर अहिले पनि छुवाछुतका घटना हुने गरेका छन् ।

अहिले जातीय छुवाछुत तथा भेदभाव  (कसूर र सजाय) ऐन २०६८ पनि लागू भएको छ  । नेपालको संविधान, २०७२ को धारा २४ मा छुवाछुत तथा भेदभाव विरूद्धको हकलाई मौलिक हकका रूपमा राखिएको छ । जातीय भेदभाव र छुवाछुत अन्त्य तथा दलित अधिकार प्रवर्द्धन सम्बन्धी कायविधि, २०७३ पनि लागू भएको छ । तर यति धेरै  कानुन बने पनि त्यसको कार्यान्वयन  भने हुनै नसकेको अधिकारकर्मीहरुले बताएका छन् ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया