होलीलाई लक्षित गरेर काठमाण्डौ उपत्यकामा सुरक्षा व्यवस्था कडा, एक हजार ट्राफिक प्रहरी खटिने

 चैत १०, २०८० शनिबार १४:५७:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

साङ्केतिक तस्बिर

काठमाण्डौ – भोलिको होली पर्वलाई मर्यादित र सुरक्षित बनाउन काठमाण्डौ उपत्यकामा सुरक्षा व्यवस्था कडा बनाइएको प्रहरीले जनाएको छ । काठमाण्डौ, ललितपुर र भक्तपुरमा सुरक्षाको सम्पूर्ण तयारी पूरा भएको र होली सुरक्षित र मर्यादित बनाइने काठमाण्डौ उपत्यका प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले ढुक्कसँग मर्यादित भएर होली मनाउन पनि आग्रह गरेको छ ।

तीनवटै जिल्लाका ठाउँ ठाउँमा नेपाल प्रहरी र ट्राफिक प्रहरी खटाउने तयारी छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जीवनकुमार श्रेष्ठले होली पर्व मनाउने क्रममा हुने दुर्घटना कम गर्नका लागि यस वर्ष काठमाडौं उपत्यका प्रवेश गर्ने सबै नाकाहरु र अन्य ९० ठाउँमा बिहान ७ बजेदेखि नै जाँचको व्यवस्था मिलाइएको बताउनुभयो । जाँचमा एक हजार जना ट्राफिक प्रहरी खटिनेछन् ।

यस्तै, ३० वटा मोबाइल भ्यान परिचालन गर्ने तयारी छ ।  

अनुमति विपरीत रङ दल्ने, लोला हान्ने, अनावश्यक हो–हल्ला गर्ने, झै–झगडागर्ने लगायतका उच्छृङ्खल गतिविधि गर्नेहरुलाई समेत कारबाहीको दायरामा ल्याउने प्रहरीले जनाएको छ ।

काठमाण्डौ उपत्यकासहित पहाडी क्षेत्रमा भोलि र तराईमा पर्सि होली पर्व मनाइँदैछ । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया