साक्षरतादर ९ दशमलव ६ प्रतिशतले  वृद्धि

 चैत १०, २०८० शनिबार १८:४९:३० | उज्यालो सहकर्मी
unn.prixa.net

साङ्केतिक तस्बिर

काठमाण्डौ - नेपालको साक्षरतादरमा वृद्धि भएको छ । राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्क अनुसार साक्षरतादरमा ९ दशमलव ६ प्रतिशतले वृद्धि  भएको हो । कुल जनसङ्ख्याको ७६ दशमलव २ प्रतिशत जनसङ्ख्या साक्षर रहेको छ । जसमध्ये ८३ दशमलव ६ प्रतिशत पुरुष र ६९ दशमलव ४ प्रतिशत महिला साक्षर रहेको तथ्याङ्कमा उल्लेख रहेको छ ।

केन्द्रीय तथ्याङ्क विभागको तथ्याङ्क विश्लेषण गर्दा गाउँपालिका भन्दा नगरमापालिकामा साक्षरतादर बढी देखिएको छ । नगरपालिकामा साक्षरतादर ७८ दशमलव ५ प्रतिशत छ भने गाउँपालिकामा साक्षरतादर ७१ दशमलव ९ प्रतिशत रहेको छ ।

त्यस्तै साक्षरतादर बढी हुनेमा सबैभन्दा बढी बाग्मती प्रदेशमा ८२ दशमलव १ प्रतिशत र सबैभन्दा कम मधेश प्रदेशमा ६३ दशमलव ५ प्रतिशत रहेको छ । साक्षरतामा सबैभन्दा बढी लैङ्गिक असमानता मधेश प्रदेशमा १७ दशमलव ८ प्रतिशत र सुदूरपश्चिममा १७ दशमला २ प्रतिशत देखिएको छ । 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया