राष्ट्रिय भलिबल च्याम्पियनशिप : पुरुषतर्फ हेल्प नेपाल र महिलातर्फ एभरेस्टलाई उपाधि

 चैत १०, २०८० शनिबार १९:७:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - राष्ट्रिय भलिबल च्याम्पियनशिपको पुरुषतर्फ हेल्प नेपाल क्लब र महिलातर्फको उपाधि एभरेष्ट क्लबले जितेको छ । राष्ट्रिय खेलकुद परिषद् राखेपको कभर्ड हलमा भएको खेलमा त्रिभुवन आर्मी क्लबलाई हराउँदै पुरुषतर्फको उपाधि हेल्प नेपालले जितेको हो ।  निकै प्रतिष्पर्धात्मक खेल हेल्प नेपालले ३–२ ले जित्यो ।

यस्तै, महिलातर्फको उपाधि एभरेस्ट भलिबल क्लबले जित्यो । एभरेस्टले पुलिसलाई ३–१ को सेटमा हरायो । विजेता हेल्प नेपाल र एभरेष्टले पाँच-पाँच लाख रुपैयाँ पुरस्कार पाएका छन् । उपविजेता त्रिभुवन आर्मी र पुलिस क्लबले दुई/दुई लाख रुपैयाँ पुरस्कार पाएका छन् ।

आज विहान पुरुषतर्फ गण्डकी प्रदेशलाई हराएर नेपाल पुलिस क्बल तेस्रो भएको छ । हिजो शुक्रवार न्यु डायमण्डलाई हराउँदै महिलातर्फ एपीएफ तेस्रो भएको थियो । 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया