आज पनि दिउँसोपछि मध्य र पूर्वका धेरै ठाउँमा बदली र वर्षाको सम्भावना

 चैत ११, २०८० आइतबार ६:३५:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – आज दिउँसोदेखि काठमाण्डौ उपत्यकासहित कोशी, मधेश, बाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा बादली भएर पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । अहिले केही ठाउँमा सामान्य बदली भए पनि धेरै ठाउँको मौसम सफा रहेकोमा दिउँसोदेखि बदली भएर केही ठाउँमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान् महाशाखाका मौसमविद् मिनकुमार अर्यालले जानकारी दिनुभयो ।

हिजो अस्तिको तुलनामा आज मौसम केही सफा हुने तर भरे रातिदेखि पुनः बदली भएर वर्षाको सम्भावना रहेको उहाँले बताउनुभयो । अहिले नेपालमा पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको उत्तर पूर्व आसाम र आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव छ ।

स्थानीय प्रणाली समेत सक्रिय हुँदा भरे रातीपछि मध्य र पूर्वका धेरै ठाउँमा वर्षाको सम्भावना रहेको मौसमविद् अर्यालले बताउनुभयो । यस्तै भरे रातिदेखि सक्रिय हुने प्रणालीले यो हप्ता नै प्रभाव पार्ने त्रिभुवन विश्व बिद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्रध्यापक डा. विनोद पोख्रेलले बताउनुभयो ।

रातिदेखि आउने प्रणालीले पश्चिम तराईका वर्षा हुने सम्भावना कम रहे पनि बाँकी भुभागमा वर्षा तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको पोख्रेलले बताउनुभयो । मौसम पूर्वानुमान् महाशाखाले पनि आउँदो मङ्गलवारसम्मको पूर्वानुमानमा बदली र बर्षाको सम्भावना रहेको उल्लेख गरेको छ । 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया