भीष्म राज आङदेम्वे

प्रतिनिधिसभा सदस्य
पाँचथर

नेपाली काँग्रेस

उम्मेदवार परिचय
उम्मेदवारी दिँदाको उमेर
५७
प्राप्त मत
३२०८९
लिङ्ग
पुरुष
हालको पद
सहमहामन्त्री, नेपाली कांग्रेस
शैक्षिक योग्यता
बीएल

नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङदेम्बेको जन्म पाँचथरको नवमीडाँडामा २०२१ साल चैत २२ गते भएको हो । उहाँले विद्यालय तहको पढाई भारतको कालिम्पोङबाट पूरा गर्नुभयो । त्यसपछि नेपाल ल क्याम्पसमा भर्ना भएका आङदेम्बेले बीएल पास गर्नुभएको छ ।
१६ वर्षको हुँदा नै नेपाली कांग्रेस पाँचथरको जिल्ला कार्य समिति सदस्य भएका आङदेम्बे, २०४१ सालमा नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्य र २०५२/०५३ सालमा तरुण दलको केन्द्रीय सदस्य हुनुभयो ।
उहाँ २०४८ सालमा जिल्ला विकास समिति पाँचथरको सदस्य पनि बन्नुभयो । तीनपटक नेपाली कांग्रेसको केन्द्रीय सदस्य भएका आङदेम्बे २०७० सालको संविधानसभा चुनावमा पाँचथर क्षेत्र नम्बर २ बाट विजयी हुनुभएको हो । २०५६ र २०६४ को चुनावमा उहाँ पराजित हुनुभएको थियो । २०७४ सालको संसदीय चुनावमा पनि उहाँ पाँचथर क्षेत्र नम्बर १ बाट पराजित हुनु भएको थियो ।
उहाँले विभिन्न समयमा गरी झण्डै तीन वर्ष जेल जीवन बिताउनुभएको छ ।