कृष्ण प्रसाद सिटौला

प्रतिनिधिसभा सदस्य
झापा-३

नेपाली काँग्रेस

उम्मेदवार परिचय
उम्मेदवारी दिँदाको उमेर
७२
प्राप्त मत
३७३८६
लिङ्ग
पुरुष
हालको पद
शैक्षिक योग्यता
बिएस्सी र बिएल

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाको जन्म २००६ सालमा तेह्रथुम जिल्लाको संक्रान्तिमा भएको हो । उहाँको बुबाको नाम रंगप्रसाद सिटौला र आमाको नाम गौरादेवी सिटौला हो । उहाँका १ छोरा र २ छोरी छन् । सिटौलाले त्रिभुवन विश्वविद्यालयबाट बिएस्सी र बिएलसम्मको अध्ययन गर्नुभएको छ ।
कम्युनिष्टको किल्ला भनिने झापामा २०४८ सालको आमचुनावमा पराजित भएका सिटौला २०५१ सालको मध्यावधी चुनावमा पनि त्यहीँबाट पराजित हुनुभएको थियो । उहाँ २०५६ सालको चुनावमार्फत पहिलोपटक संसद सदस्यमा निर्वाचित हुनुभएको थियो ।
२०६२/०६३ सालको जनआन्दोलनपछि गठन भएको सरकारको गृहमन्त्री भएका सिटौलाले तत्कालीन विद्रोही माओवादीलाई शान्ति प्रकृयामा ल्याउन महत्वपूर्ण भूमिका खेल्नु भएको थियो । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको मुख्य सहयोगीका रुपमा काम गरेका उहाँ उपप्रधानमन्त्री, गृह र आपूर्ति मन्त्री बनिसक्नु भएको छ ।
२०६४ सालको संविधानसभा चुनावमा झापा क्षेत्र नम्बर ३ मा पराजित भएका सिटौला २०७० सालको चुनावमा भने यही क्षेत्रबाट विजयी हुनु भएको थियो । २०७४ सालको चुनावमा भने राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसँग पराजित हुनु भएको थियो ।