देउ कुमार थेवे

प्रतिनिधिसभा सदस्य
झापा-४

नेपाली काँग्रेस

उम्मेदवार परिचय
उम्मेदवारी दिँदाको उमेर
५७
प्राप्त मत
२२४४८
लिङ्ग
पुरुष
हालको पद
शैक्षिक योग्यता

नेपाली कांग्रेसका नेता देउकुमार थेवेको जन्म विसं २०२१ साल मंसिर २९ गते ताप्लेजुङको आम्वेगुदिनमा भएको थियो । २०३६ सालदेखि विद्यार्थी आन्दोलनबाट राजनीतिमा सक्रिय थेवे २०३९ मा ताप्लेजुङबाट झापा झर्नुभएको थियो । 
उहाँ २०४१ सालदेखि नेपाल विद्यार्थी संघको राजनीतिमा सक्रिय हुनुभयो । २०४६ सालमा कुमारखोट गाविसको उपाध्यक्ष बन्नुभयो । त्यस्तै २०४९ सालमा भएको स्थानीय चुनावमा गाविस अध्यक्षमा निर्वाचित भएका थेवे पार्टीको नवौँ महाधिवेशनमा क्षेत्रीय सभापति हुनुभएको थियो ।
२०५४ सालको स्थानीय चुनावमा पुन: गाविस अध्यक्षमा निर्वाचित हुनुभएको थियो । कांग्रेसको जिल्ला उपसभापति हुँदै महासमिति सदस्यसम्म पुग्नुभएका थेवेले ताप्लेजुङबाटै एसएलसी उत्तीर्ण गर्नुभएको हो । 
२०७४ मा झापा क्षेत्र नम्बर ४ मा उम्मेदवार बन्नुभएका थेवे पराजित हुनुभएको थियो ।