अशोक कुमार राई

प्रतिनिधिसभा सदस्य
सुनसरी-१

(विजयी)

जनता समाजवादी पार्टी, नेपाल

उम्मेदवार परिचय
उम्मेदवारी दिँदाको उमेर
६५
प्राप्त मत
१७०५९
लिङ्ग
पुरुष
हालको पद
शैक्षिक योग्यता
समाजशास्त्रमा स्नाताकोत्तर

जनता समाजवादी पार्टी (जसपा) का वरिष्ठ नेता अशोककुमार राईको जन्म २०१४ सालको भदौ १४ गते खोटाङको चिसापानीमा भएको हो । उहाँले समाजशास्त्रमा स्नाताकोत्तर गर्नुभएको छ । खोटाङको चिसापानीबाटै एसएलसी गरेका राईले उच्च शिक्षा महेन्द्र मोरङ क्याम्पसमा पढ्नुभयो ।
२०३५ सालमा मजदुर आन्दोलनमा लागेका राई पछि वामपन्थी राजनीतिमा संलग्न हुनुभयो । उहाँ खोटाङबाटै २०४८ र २०५१ सालको चुनावमा विजयी हुनुभयो । २०५१ सालमा यातायात मन्त्री भएका राई २०५३ सालमा संसदीय व्यवस्थामन्त्री र २०६२ सालमा स्वास्थ्य मन्त्री हुनुभयो ।
नेकपा एमालेको उपाध्यक्षसमेत रहनुभएका राईले २०६९ सालको असोज १८ गते नेकपा एमाले परित्याग गर्नुभयो । जनजातिको मुद्दा उठाउन भन्दै उहाँले आफ्नै नेतृत्वमा संघीय समाजवादी पार्टी गठन गर्नुभयो । तर यो पार्टी लामो समय रहेन । २०७२ सालको जेठ ३२ गते उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरमसँग उहाँले पार्टी एकता गर्नुभयो । उपेन्द्र यादव वरिष्ठ नेता र संसदीय दलको नेता बन्नुभयो । संसदमा यो पार्टी पाँचौं ठूलो दल बन्यो ।
२०७४ सालको चुनावमा सुनसरी क्षेत्र नम्बर १ बाट उम्मेदवार हुनु भएका राईले विजय हासिल गर्न सक्नु भएन ।