ज्ञानेन्द्र बहादुर कार्की

प्रतिनिधिसभा सदस्य
सुनसरी-४

(विजयी)

नेपाली काँग्रेस

उम्मेदवार परिचय
उम्मेदवारी दिँदाको उमेर
६५
प्राप्त मत
३०४८३
लिङ्ग
पुरुष
हालको पद
केन्द्रीय सदस्य, नेपाली कांग्रेस
शैक्षिक योग्यता
राजनीतिशास्त्रमा स्नातकोत्तर

नेपाली कांग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीको जन्म २०१२ सालमा षडानन्द नगरपालिका, वडा नं ११ देउरालीमा भएको हो । लामो समयदेखि कांग्रेस राजनीतिमा सक्रिय कार्की शेरबहादुर देउवापछि नेपाल विद्यार्थी संघको अध्यक्षसमेत हुनु भएको थियो । कांग्रेस केन्द्रीय सदस्य हुँदै उहाँ कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री हुँदा स्वकीय सचिव र शेरबहादुर देउवा प्रधानमन्त्री बन्दा प्रमुख राजनीतिक सल्लाहकारसमेत बन्नु भएको थियो ।
उहाँले राजनीतिक जीवनमा पटकपटक गरेर झण्डै ४ वर्ष जति जेल जीवन बिताउनु भएको छ । भोजपुरबाट पटकपटक प्रत्यक्ष चुनावमा उम्मेदवार बन्दा सफल नभएका कार्की २०७० सालको चुनावमा कांग्रेसको तर्फबाट समानुपातिक सभासद् बन्नुभयो ।
२०७४ सालको चुनावमा भने उहाँ सुनसरी ४ बाट उम्मेदवार बन्दै विजयी हुनु भएको थियो ।
राजनीतिशास्त्रमा स्नातकोत्तर तहसम्मको अध्ययन गरेका कार्की यसअघि २०६३ सालमा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा पहिलो पटक जलस्रोत राज्यमन्त्री हुनुभएको थियो । पछि भने उहाँ अर्थमन्त्री, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री तथा सञ्चारमन्त्रीसमेत हुनुभयो ।