प्रखर वक्ताको परिचय बनाउनुभएका जगन्नाथ खतिवडा नेकपा एकीकृत समाजवादीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख हुनुहुन्छ । पूर्व सांसद खतिवडाले अनेरास्ववियु महासचिवको जिम्मेवारी पनि निभाइसक्नुभएको छ । २०७४ को चुनावमा वाम गठबन्धनका कारण उहाँले आफूले पाएको उम्मेदवारको टिकट माओवादीलाई दिनुपरेको थियो ।
एमाले विभाजित भएपछि उहाँ नेकपा एकीकृत समाजवादीमा लाग्नुभएको हो ।