दिनेश कुमार यादव

प्रतिनिधिसभा सदस्य
सप्तरी-३

(विजयी)

नेपाली काँग्रेस

उम्मेदवार परिचय
उम्मेदवारी दिँदाको उमेर
६१
प्राप्त मत
२६१६६
लिङ्ग
पुरुष
हालको पद
शैक्षिक योग्यता

नेपाली कांग्रेसका नेता दिनेशकुमार यादवको जन्म २०१७ सालको मंसिर ५ गते सप्तरीको इटहरी विष्णुपुर ४ मा भएको हो ।

प्रविणता प्रमाणपत्र तहसम्मको अध्ययन गर्नुभएका यादवले २०३२ सालमा नेविसंघबाट राजनीतिमा सुरु गर्नु भएको हो । उहाँ २०३७ सालदेखि ०४८ सालसम्म नेविसंघ सप्तरीको अध्यक्षसमेत हुनु भयो भने पछि उहाँ नेविसंघको केन्द्रीय सदस्य पनि हुनुभयो ।

२०५४ सालमा उहाँ जिल्ला विकास समिति सप्तरीको सभापति हुनु भएको थियो । २०६४ सालको संविधान सभा चुनावमा सप्तरी ४ बाट पराजित भएका यादव २०७० सालको संविधान सभा चुनाव तथा २०७४ सालको संसदीय चुनावमा पनि यसै क्षेत्रबाट पराजित हुनुभयो ।

सप्तरी कांग्रेस जिल्ला सभापतिसमेत भइसक्नु भएका यादवको बुवाको नाम देवनारायण यादव र आमाको नाम कौशल्यादेवी यादव हो । उहाँका २ छोरी छन् ।