चित्रलेखा यादब

प्रतिनिधिसभा सदस्य
सिरहा-२

नेपाली काँग्रेस

उम्मेदवार परिचय
उम्मेदवारी दिँदाको उमेर
५७
प्राप्त मत
२३०२८
लिङ्ग
महिला
हालको पद
शैक्षिक योग्यता

चित्रलेखा यादवको जन्म वि.स. २०२२ जेठ १५ गते  यमुनाप्रसाद यादव तथा माता रामरतिया यादवको पहिलो सन्तानको रूपमा सिराहाको नहरनिया गाउँमा भएको हो । केटीको सानै उमेरमा बिहे गरिदिने मधेसको तत्कालीन समाजमा चित्रलेखालाई उहाँका बुवाले राम्रो शिक्षा दिनुभयो ।

कक्षा आठमा पढ्दा राजनीति सुरु गर्नुभएकी चित्रलेखा पछि त्रिभुवन विश्वविद्यालयको नेविसंघ ईकाइको कोषाध्यक्ष समेत हुनुभयो । पछि उहाँ उपसभामुख पनि हुनुभयो । राजा ज्ञानेन्द्रले निर्वाचित प्रतिनिधि सभा विघटन गरेपछि उपसभामुखको हैसियतले सडकमै प्रतिनिधि सभा बैठक बोलाएर उहाँ चर्चित हुनुभयो । 

१८ महिना शिक्षामन्त्रीसमेत हुनुभएकी उहाँले शिक्षाले नै देशमा परिवर्तन गर्न सकिने भन्दै यसैलाई चुनावी एजेण्डा बनाउनुभएको छ । यस्तै उहाँले हरेक क्षेत्रमा ५० प्रतिशत महिलाको सहभागिता हुनुपर्ने माग समेत राख्दै आउनुभएको छ ।