राम कृष्ण यादव

प्रतिनिधिसभा सदस्य
धनुषा-२

(विजयी)

नेपाली काँग्रेस

उम्मेदवार परिचय
उम्मेदवारी दिँदाको उमेर
६०
प्राप्त मत
२०११२
लिङ्ग
पुरुष
हालको पद
शैक्षिक योग्यता

नेपाली कांग्रेसका नेता रामकृष्ण यादवको जन्म  २०१९ साल जेठ ३ गते धनुषाको कौरहीमा भएको हो । बुबा जिवस यादव र आमा जिवछीका छोरा रामकृष्णले २०२९ सालमा नयाँ शिक्षा योजनाको विरोध गर्दै नेपाल विद्यार्थी संघबाट राजनीति सुरु गर्नु भएको हो ।

यादव २०३९ सालमा रारा क्याम्पसको स्ववियु उपसभापति हुनुभएको थियो । २०४२ सालमा नेविसंघ जिल्ला सभापति, २०४८ सालमा कांग्रेस क्षेत्रीय सभापति बनेर काम गरेका यादव २०५१ देखि २०५७ सालसम्म जिल्ला सचिव हुनुभयो । २०५७ देखि २०६४ सालसम्म यादवले नेपाली कांग्रेसको जिल्ला सभापति भएर काम गर्नुभएको थियो ।

२०६४ सालको पहिलो संविधान सभा तथा २०७० सालको दोस्रो संविधान सभा चुनावमा पनि विजयी यादव २०७४ सालको संसदीय चुनावमा भने धनुषा क्षेत्र नम्बर २ बाट पराजित हुनु भएको थियो ।

स्नातकोत्तर उत्तीर्ण गर्नु भएका यादव कृषि मन्त्री तथा व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिको सभापति भएर पनि काम गरिसक्नु भएको छ ।