अनिल कुमार झा

प्रतिनिधिसभा सदस्य
धनुषा-३

लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल

उम्मेदवार परिचय
उम्मेदवारी दिँदाको उमेर
५५
प्राप्त मत
२३६८६
लिङ्ग
पुरुष
हालको पद
शैक्षिक योग्यता
स्नातक

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता तथा पूर्व उद्योगमन्त्री अनिलकुमार झा २०२४ साल असोज १५ गते रौतहटको मत्सरीमा जन्मिनु भएको हो । प्रारम्भिक शिक्षा गाउँकै सरस्वती मावि पिपरा भलोहीयाबाट पूरा गरेका झाले अमृत साइन्स क्याम्पस, काठमाण्डौबाट स्नातक गर्नुभयो ।
२०४६ सालको जनआन्दोलनमा १ महिना थुनामा परेपछि पूर्णकालीन राजनीतिमा होमिएका झा बहुदलीय व्यवस्था आएपछि खुलेको दल नेपाल सद्भावना पार्टीमा स्थापनाकालदेखि नै आबद्ध हुनुभयो ।
पार्टीको सह–महासचिवसम्म भएका झा पार्टी विभाजनपछि बनेको संघीय सद्भावना पार्टीको अध्यक्ष हुनु भएको थियो । हार्वर्ड विश्वविद्यालय अमेरिकाबाट द्वन्द्व व्यवस्थापनसम्बन्धी तालिम लिएका अनिल झा एक दर्जनभन्दा बढी यस्ता तालिममा सहभागी भइसक्नु भएको छ ।
२०७० सालको चुनावमा संघीय सद्भावना पार्टीबाट उठेका झा रौतहट क्षेत्र नम्बर १ बाट पराजित भए पनि राजपा अध्यक्ष मण्डलका सदस्य झाले यसै क्षेत्रबाट २०७४ सालको चुनाव जित्नु भएको थियोे । अहिले भने उहाँ महन्थ ठाकुर नेतृत्वको लोसपामा हुनुहुन्छ ।