शरत सिंह भण्डारी

प्रतिनिधिसभा सदस्य
महोत्तरी-२

(विजयी)

लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल

उम्मेदवार परिचय
उम्मेदवारी दिँदाको उमेर
६८
प्राप्त मत
२५१९०
लिङ्ग
पुरुष
हालको पद
शैक्षिक योग्यता
बिएस्सी

तराईका पूराना नेतामध्येका एक शरतसिंह भण्डारीको जन्म २०१२ सालमा महोत्तरीको औरहीमा भएको हो । पदम विद्या सदन ललितपुरबाट एसएलसी पास गरेका भन्डारीले अमृत साइन्स क्याम्पसबाट आइएस्सी र त्रिचन्द्र कलेजबाट बिएस्सीसम्मको अध्ययन पूरा गर्नुभएको छ ।
२०३३ सालमा नेपाल विद्यार्थी मार्फत सक्रिय राजनीति सुरु गरेका भण्डारी कुनै बेला नेपाली कांग्रेसका तराईको प्रभावशाली नेता मानिनुहुन्थ्यो ।
२०६४ सालको चुनावमा महोत्तरीको क्षेत्र नम्बर ६ बाट चुनाव जितेका भण्डारी त्यसबेला रक्षामन्त्री पनि हुनुभएको थियो । नेपाली कांग्रेस छाडेका नेता शरत सिंह भण्डारी राजपा अध्यक्ष मण्डलका सदस्य हुँदै अहिले भने महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता हुनुहुन्छ । उहाँले २०७४ सालको चुनावमा महोत्तरी क्षेत्र नम्बर २ बाट जित्नु भएको थियो ।