महन्थ ठाकुर

प्रतिनिधिसभा सदस्य
महोत्तरी-३

(विजयी)

लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल

उम्मेदवार परिचय
उम्मेदवारी दिँदाको उमेर
८०
प्राप्त मत
१६३७५
लिङ्ग
पुरुष
हालको पद
अध्यक्ष, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)
शैक्षिक योग्यता
स्नातकोत्तर

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता महन्थ ठाकुरको जन्म २००४ सालमा महोत्तरीको इकारियामा भएको हो ।
राजनीतिक थलोका रुपमा लामो समय सर्लाहीमा बिताएका ठाकुर २०६४ र २०७० सालको चुनावमा भने सर्लाही ६ बाट पराजित हुनु भएको थियो । २०६४ सालमा उहाँ तत्कालीन मधेसी जनाधिकार फोरमका उम्मेदवार शिवपूजन रायसँग पराजित हुनु भएको थियो भने २०७० सालको चुनावमा सर्लाही ६ बाट उठेका ठाकुर कांग्रेसका अमरेशकुमार सिंहसँग पराजित हुनु भएको थियो । 
२०७४ सालको चुनावमा उहाँलाई समानुपातिकमा सिफारिस गरिएको थियो तर सूची सच्याउने क्रममा ठाकुरले प्रत्यक्ष उम्मेदवार बन्ने निर्णय गर्नुभएको थियो । यसअघिका चुनावमा उम्मेदवार बनेका ठाकुर मतदानमा भने सहभागी हुनु भएको थिएन । २०७० को चुनावमा ठाकुरले उम्मेदवार भए पनि आफँैलाई भोट दिनु भएन । 
नेपाली कांग्रेस छाडेर तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) गठन गरेका ठाकुर अध्यक्ष हुनुहुन्थ्यो । उहाँले स्नातकोत्तर सम्मको अध्ययन पूरा गर्नु भएको छ ।
२०७४ सालको चुनावमा राष्ट्रिय जनता पार्टी (राजपा) को अध्यक्ष मण्डलका नेताका रुपमा उहाँले महोत्तरी क्षेत्र नम्बर ३ बाट जित हासिल गर्नु भएको थियो । आहिले भने उहाँ आफ्नो अध्यक्षतामा रहेको लोसपासँग आबद्ध हुनुहुन्छ ।