सुरेन्‍द्र प्रसाद चौधरी

प्रतिनिधिसभा सदस्य
पर्सा-३

नेपाली काँग्रेस

उम्मेदवार परिचय
उम्मेदवारी दिँदाको उमेर
६४
प्राप्त मत
२४१५२
लिङ्ग
पुरुष
हालको पद
शैक्षिक योग्यता

नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री सुरेन्द्र चौधरीको जन्म २०१५ साल भदौ २७ गते पर्साको पथरैयामा भएको हो । उहाँका बुवाको नाम रामदयाल चौधरी र आमाको नाम लक्ष्मीदेवी हो ।

चौधरीले अंग्रेजी साहित्यमा एमए र अन्तर्राष्ट्रिय अर्थशास्त्र विषयमा स्नातक गर्नुभएको छ । विभिन्न समयमा गरी १४ पटक पक्राउ परेका चौधरीले ८ वर्ष जेलमा बिताउनु भएको छ । २०३३ सालदेखि उहाँले विभिन्न कलेजमा प्राध्यापनको कामसमेत गर्नुभयो ।

उहाँको बुवा रामदयाल चौधरी कांग्रेसको मुक्ति सेनामा भएकाले उहाँलाई सानै उमेरदेखि राजनीतिमा लाग्न प्रेरणा मिल्यो । नेपाली कांग्रेसको केन्द्रीय सदस्य समेत बन्नुभएका चौधरीले २०२७ सालमा नेपाल विद्यार्थी संघमा आबद्ध भएर राजनीति प्रारम्भ गर्नु भएको हो ।

उहाँ २०४८, २०५१ र २०५६ सालको चुनावमा पर्सा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभामा निर्वाचित हुनुभएको थियो । २०४८, २०५२ र २०५६ सालमा गरी तीनपटक मन्त्री हुनुभयो । उहाँ वाणिज्य तथा आपूर्ति र विज्ञान तथा प्रविधि मन्त्री हुनु भएको थियो ।

पहिलो संविधानसभा चुनावमा पर्सा ४ बाट पराजित भएका चौधरी २०७० सालमा भएको दोस्रो संविधान सभामा भने विजयी हुनु भएको थियो । तर, २०७४ सालको संसदीय चुनावमा भने उहाँ पर्सा क्षेत्र नम्बर ३ बाट पराजित हुनु भएको थियो ।