प्रकाश मान सिंह

प्रतिनिधिसभा सदस्य
काठमाडौं-१

(विजयी)

नेपाली काँग्रेस

उम्मेदवार परिचय
उम्मेदवारी दिँदाको उमेर
६६
प्राप्त मत
७१४३
लिङ्ग
पुरुष
हालको पद
शैक्षिक योग्यता
तथ्याङ्क शास्त्रमा स्नातकोत्तर

२०४६ सालको जनआन्दोलका कमाण्डर गणेशमान सिंह र नेतृ मंगलादेवी सिंहका छोरा प्रकाशमानको जन्म विसं २०१२ साल चैत्र २१ गते काठमाडौं १६, क्षेत्रपाटीमा भएको हो । उहाँले विद्यार्थी अवस्थामै राजनैतिक यात्रा सुरु गर्नुभयो । विभिन्न समयमा पक्राउ परेका सिंहले करिब २ वर्ष बन्दी जीवन बिताउनु भएको थियो । उहाँले तथ्याङ्क शास्त्रमा स्नातकोत्तर तह उत्तीर्ण गर्नुभएको छ ।


सिंहले उपप्रधानमन्त्री, जनसंख्या तथा वातावरण मन्त्री, स्थानीय विकास मन्त्री, आपूर्ति मन्त्री र भौतिक योजना तथा विकास मन्त्रीको कार्यभार सम्हालिसक्नुभएको छ भने कांग्रेसको उप–सभापतिसमेत भइसक्नु भएको छ ।
पार्टी संगठनमा कुशल मानिनु हुने सिंहको रुची समाजसेवामा पनि छ । २०६२/०६३ को लोकतान्त्रिक आन्दोलनमा सिंहले सक्रिय भूमिका निभाउनु भएको थियो ।


२०३४ सालदेखि राजनीतिक यात्राको शुरुवात गरेका सिंह २०४८ को चुनावमा काठमाण्डौ क्षेत्र नम्बर ४ तथा र २०५१ को चुनावमा काठमाण्डौ क्षेत्र नम्बर ३ मा उहाँ पराजित हुनु भएको थियो । २०६४ सालको संविधानसभा चुनावमा काठमाण्डौ जिल्ला क्षेत्र नम्बर १ बाट नेकपा एमालेका प्रदिप नेपाललाई पराजित गर्दै विजयी बन्नु भएको थियो । उहाँ २०७० सालमा भएको दोस्रो संविधानसभाको चुनावमा पनि काठमाण्डौ क्षेत्र नम्बर १ बाट नै विजयी हुनुभएको थियो । २०७४ सालको संघीय चुनावमा पनि उहाँले यही क्षेत्रबाट विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रलाई पराजित गर्नु भएको थियो । अहिले पनि सिंह र मिश्र यसै क्षेत्रमा प्रतिस्पर्धी हुनुहुन्छ ।