राजेन्द्र कुमार के.सी.

प्रतिनिधिसभा सदस्य
काठमाडौं-१०

(विजयी)

नेपाली काँग्रेस

उम्मेदवार परिचय
उम्मेदवारी दिँदाको उमेर
६४
प्राप्त मत
१४४६३
लिङ्ग
पुरुष
हालको पद
शैक्षिक योग्यता

युवा तथा खेलकुद मन्त्री समेत भइसक्नु भएका नेपाली कांग्रेसका नेता राजेन्द्र कुमार केसीको जन्म २०१५ सालको असार २८ गते काठमाण्डौको कीर्तिपुर नगरपालिकामा भएको हो । पदमबहादुर र टोलकुमारी केसीका छोरा राजनले अर्थशास्त्रमा स्नातकोत्तर गर्नुभएको छ ।
२०४६ सालको जनआन्दोलनपछि राजनीतिमा सक्रिय हुनु भएका केसी २०४९ सालमा चोभार गाविसको अध्यक्षमा विजयी बन्नुभयो । २०५४ सालमै उहाँ जिल्ला विकास समिति काठमाडौंको सदस्य बन्नुभयो । २०५४ सालकै स्थानीय चुनावमा नगर समितिको सभाषदमा विजयी हुनुभयो ।
२०५१ र २०५६ सालमा पार्टीको क्षेत्रीय सभापति भएका केसी ४ पटक महासमिति सदस्य भैसक्नु भएको छ । 
२०६४ सालको संविधानसभा चुनावमा उहाँ काठमाण्डौ १० बाट माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पराजित हुनुभएको थियो । तर २०७० सालको चुनावमा भने यही क्षेत्रबाट माओवादी अध्यक्ष प्रचण्डलाई नै पराजित गर्नुभएको थियो । यस्तै २०७४ सालको संघीय चुनावमा पनि उहाँले वाम गठबन्धनका हितमान शाक्यलाई २ हजार २ सय ८३ मतले पराजित गर्नुभयो ।